‘ओली र राष्ट्रपतिले दुनियाँको आँखामा लाज लाग्ने कुरा गरे ।‘ - युवराज घिमिरे, पत्रकार

Share:

Listens: 0

TOUGH talk दिलभूषण पाठकका साथ

News


प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै अहंकार र कार्यशैलीका कारण घेराबन्दीमा पर्दै गएका छन् । पार्टी भित्रको शक्ति सन्तुलनलाई ख्याल नगर्ने, प्रतिपक्षदेखि सडकमा उठ्ने नागरिक आवाजलाई नजरअन्दाज गर्ने तर आफ्ना जुनसुकै कदमलाई तर्कको लेप लगाएर जायज ठह¥याउने ओली शैलीको सर्वत्र विरोध भइरहेको छ । ओली किन अलोकप्रियताको बाटो हिँड्दैछन् ? करिब दुई तिहाई जनमत बोकेको नेकपा भित्र अहिले प्रमुख नेताहरुबीच देखिएको टकराव, पद कि विधिपद्धतिको झगडा हो ? तीन बर्षसम्म सुतेर बसेको प्रमुख प्रतिपक्षी दल काग्रेस के, अब चाँही ब्यूझिंन थालेको हो ? पूर्वराजावादीहरु संगठित रुपमा उत्रेकै हुन ? अनि छिमेकी मुलुक भारतीय र चीनियाँ पक्षबाट भएका पछिल्ला गतिविधिले नेपालका आन्तरिक राजनीति मामिलामा कति प्रभाव पारेको छ् ? आज मैले बरिष्ठ पत्रकार तथा देशसञ्चार अनलाईनका प्रधान–सम्पादक युवराज घिमिरेलाई निम्त्याएको छु । भारतमा बसेर लामो समय पत्रकारिता गर्नुभएका पत्रकार घिमिरे बीबीसी नेपाली सेवा, कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट र समय साप्ताहिकमा पनि सम्पादक भईसक्नुभएको छ ।